पूर्वाञ्चल खबर
विराटनगर / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) विराटनगरको आयोजनामा विराटनगरमा जारी प्याब्सन विराट कप फूटबल टुर्नामेन्टमा डिपिएस, डनबस्को,एभरेष्ट र ज्ञान सारथी स्कूल विजयी भइ सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरमा सोमबार भएको पहिलो खेलमा डिपिएसले विकेभिएमलाई टाइब्रकेरमा ३–२ गोलले पराजित ग¥यो । निर्धारित समयसम्म गोल रहित खेल बराबरी भएपछि टाइब्रेकरबाट खेलको छिनाफानो भएको हो । दोस्रो खेलमा डनबस्कोले बालमिकीलाई १–० गोलले हरायो । तेस्रो खेलमा एभरेष्टले जेभियर्स स्कूललाई ४–० गोलले जित्यो । चौथो खेलमा ज्ञानसारथी स्कूलले गोदावारी स्कूललाई १–० को आत्माघाती गोललले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । गोदावारीका सुमित बज्रचार्यले आत्माघाती गोर गरेका थिए । सेमिफाइन र फाक्ष्नल खेल मंगबार हुने खेल संयोजक अशोक लामाले जानकारी दिए ।