AArya
RUMPUM
animated ellipse animated ellipse

रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० मंसिर २०७६, सोमबार ०६:०३
3
Shares

काठमाण्डौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति करिब साढे १० बजे भट्टराईको चाबहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।

भट्टराईको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि उपचारका लागि अस्पतालतर्फ लगिँदै लग्दा बाटोमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मृत्युको कारण हृदयघात भएको आशंका गरिए पनि स्पष्ट भइनसकेको अस्पतालले जनाएको छ । भट्टराई आठ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए। उनले थुप्रै चलचित्र तथा टेलिसिरियलमा अभिनय गर्नुका साथै निर्माणसमेत गरेका छन् । ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु उनका सफल चलचित्र मानिन्छन् । भट्टराईको जन्म २०२५ मंसिर ४ मा ओखलढुंगामा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर