पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर जुनियर जेसिजको आयोजनमा सोमबारदेखि क्वीज प्रतियोगिता हुने भएको छ ।
विराटनगरमा ५ दिन सम्म चल्ने प्रतियोगितामा प्रदेश नं. १ र २ का ३६ विद्यालयको सहभागिता रहने जुनियर जेसिजकी अध्यक्ष दीपा ओडारीले बताइन् । मंसिर ३० गतेदेखि पुस ४ गतेसम्म विराटनगरको वीरेन्द्र सभागृहमा हुने प्रतियोगितामा सहभागि विद्यालयलाई ६ वटा समूहमा विभाजन गरिएको छ । प्रतियोगीतामा प्रथम हुने विद्यालयले नगद ३० हजार, ट्रफी प्राप्त गर्ने छन् । यस्तै दोश्रो हुने विद्यालयले २० हजार र तृतीय हुनेले १० हजार नगद र ट्रफी हात पार्ने आयोजकले बताएको छ ।
विराटनगर जुनियर जेसिजको आयोजनामामा विगत २३ वर्षदेखि क्वीज प्रतियोगिता हुँदै आएको छ । विद्यार्थीको क्षमता अभिबृद्धिका लागि आयोजना गरिने क्वीज प्रतियोगिताले विराटनगरमा छुट्टै ऐतिहासिकता बनाएको उनले बताइन् ।