पूर्वाञ्चल खबर
काठमाडौं /१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालका लागि गौरिका सिंहले एउटै संस्करणको सागमा लगातार तीन स्वर्ण जित्दै कीर्तिमान कायम गरेकी छिन् ।
१३ औं सागको पौडी अन्तरगत ४ सय मिटर फ्री स्टाइलमा सिंहले आज स्वर्ण जितेकीे हुन् ।
यसअघि कुनैपनि नेपाली खेलाडीले एउटै चरणको सागमा लगातार तीन स्वर्ण जितेको थिएन । सातदोबाटोस्थित हिटिङ स्वीमुङ पुलमा आज भएको चार सय मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जित्दै कीर्तिमान बनाएकी हुन् । उनले यही संस्करणमा दुई स्वर्ण जितिसकेकी छिन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा उनले निधारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरी गरिन ।
गौरिकाले यसअघि २ सय मिटर फ्री स्टायल र ब्याकस्ट्रोकमा स्वर्ण जितेकी छिन् । यस्तै १सय मिटर ब्याकस्ट्रोकमा रजत पदक जितेकी उनले ऐतिहासिक रेकर्ड कायम गरेकी हुन् ।