पूर्वाञ्चल खबर
केशव न्यौपाने
रंगेली / मोरगको रंगेलीमा प्रहरीले ७ महिना अगाडी बाल यौन दुरुपयोगमा ६ महिना कैद सजाय पाई फरार रहेका १ युवकलाई पक्राउ गरेको छ ।
मोरग धनपालथान ३ का २२ वर्षीय प्रधान मरण्डीलाई गोप्य सुचना को आधारमा धनपालथानको भारतसंग सिमाना जोडीएको एक घरबाट पक्राउगरी अदालत बुझाई कारागार चलान गरिएको रंगेली प्रहरी प्रमुख प्रहरी निरीक्षक लेखनाथ दहालकाले बताए ।
रंगेली प्रहरीले अदालती फैसला कार्यान्वयन अन्तर्गत यस अघि ६ महिना देखि २० वर्षसम्म फरार रहेका २ सय भन्दा बढी दोषीलाई पक्राउ गरी अदालत बुझाई जेल चलान गरीसकेको छ ।