AArya
RUMPUM
animated ellipse animated ellipse

औषधी व्यवसायी संघ मोरङको अध्यक्षमा तिम्सिना निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७६, शनिबार १७:४९
3
Shares
विराटनगर / नेपाल औषधी व्यवसायी संघ मोरङको अध्यक्षमा लक्ष्मी तिम्सिनाले १ सय ८६ मत ल्याएर निर्वाचित भएका छन् ।

विराटनगरमा शनिबार राती सम्पन्न भएको निर्वाचनमा तिम्सिनाले २८ मत अन्तरले हरिमोहन श्रेष्ठलाई पराजित गरि अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले १ सय ५८ मात्र मत पाए ।
अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका थिए । अर्का प्रतिस्पर्धी यतिश श्रिवास्तवले ८६ मात्र मत पाएका थिए ।

संघिय संरचनामा गएसँगै औषधी व्यवसायि संघको प्रथम अधिवेशन भएको हो । नयाँ नेतृत्वको लागि तिम्सिना र श्रेष्ठले छुटा–छुट्टै समूह बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

तिम्सिना समूहबाट कोषाध्यक्ष र एक जना सदस्य बाहेक प्यानलै औषधी व्यवसायी संघ मोरङको नेतृत्वमा निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा देशबन्धु ढकाल फराकिलो मत अन्तरले निर्वाचित भए । ढकालले २ सय ९९ मत प्राप्त गरि बिजयी हुँदा उनका प्रतिस्पर्धी सुदिनध्वज श्रेष्ठले १ सय ३५ मत पाए । महासचिवमा दिनेश ठाकुरले २ सय २१ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी जितेन्द्रकुमार रजक (जितु)ले २ सय १ मत पाए । कोषाध्यक्षमा श्रेष्ठ समूहबाट विजयकुमार राजवंशी निर्वाचित भए । २ सय ३६ मत प्राप्त गरि राजवंशी निर्वाचत हुँदा उनका प्रतिस्पर्धी सुदिप निरौलाले १ सय ९९ मत प्राप्त गरेका थिए ।

सचिबमा हरिराज रेग्मीले २ सय २० मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी देवीप्रसाद दुलालले २ सय ८ मत ल्याए । सह–कोषाध्यक्षमा पुष्पराज पोखरेलले २ सय २१ मत ल्याएर निर्वाचत भए । उनका प्रतिस्पर्धी राजकुमार यादवले २ सय ११ मत ल्याएर पराजित भए ।

सदस्यहरूमा अनिल चौधरीले २ सय ५७ मत , प्रकाश धिमालले १ सय ८५ मत र श्रेष्ठ समूहकी सरिता चौधरीले २ सय ४२ मत ल्याएर निर्वाचित भइन् ।

औषधी व्यवसायी संघ मोरङमा ५ सय २१ मतदाता रहेका मध्ये ४ सय ६२ जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर