RUMPUM
animated ellipse animated ellipse

मनमोहन प्राविधिक विश्वविद्यालयलाई दुई अर्व वरावरको दायित्व हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० मंसिर २०७६, शुक्रबार २०:५५
3
Shares
विराटनगर / मोरङको वुढीगंगा गाँउपालिकामा अवस्थित मनमोहन स्मृति पोलिटेक्निक ‘मनमोहन प्राविधिक विद्यालय’लाई सम्पूर्ण दायित्व तथा सम्पत्ति आज एक समारोहका बीच हस्तान्तरण भएको छ ।

पोलिटेक्निका अध्यक्ष समेत रहेका उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालयका सहकुलपति जीवन घिमिरेलाई हस्तान्तरण गरे ।

मुलुकलाई चाहिने जनशक्ति उत्पादन हेतुले पोलिटेक्निकलाई प्रदेश सभाको बहुमत सदस्यहरुले विश्वविद्यालय बनाउन गत असोज ६ गते विधेयक पारित भै ऐनको रुपमा प्रमाणिकरण भैसकेको छ ।

सो विश्वविद्यालयमा तीन तह आधारभूत , माध्यमिक र उच्च तहको दक्षजनशक्ति उत्पादन हुनेछ । विश्वविद्यालको हालसम्म अचलसम्पत्ति २० विघा १९ कठृा जग्गामा ३१ वटा भवन गरी कूल दुई अर्व एक करोड ६४ लाखको सम्पत्ति रहेको छ ।

विस २०६० मा भारत सरकारको सहयोगमा स्थापना भएको पोलिटेक्निकको रुपमा रहँदा ३० जिल्लाका एक हजार ४ सय ६० विद्यार्थीले विभिन्न छ विधाको इन्जिनियरिङमा डिप्लोमा उत्र्तीण गरिसकेका छन् । उत्पादित विद्यार्थीहरुमध्ये ९३३ जना स्वदेश तथा विदेशमा रोजगारी गरिरहेको प्राचार्य सुभाषश्री पोखरेलले जानकारी दिए । पोलिटेक्निकमा हाल ६१७ विद्यार्थीहरु अध्ययन गरिहरेका छन् भने पाँच हजार ५५० स्थानीयलाई शिपमूलक तालीम प्रदान गरको छ ।

हस्तान्तरण समारोहमा उपप्रधामन्त्री पोखरेलले उद्योगसंगको रोजगारी उपलव्ध गराउन पोलिटेक्निले ठूलो भूमिका खेलेको बताउँदै जनसाझेदारीमा विश्वविद्यालय सञ्चालन हुने बताए ।उनले स्व. मनमोहन अधिकारीको विचार, आदर्श र निष्ठालाई चीर स्थायी बनाउँन मनमोहन प्रतिष्ठान स्थापना गरेको चर्चा गर्दै प्राविधिक र व्यवसायिक शिक्षा प्रदान गरी स्थानीय स्तरमा रोजगार बनाउने उहाँको सपना आज पूरा भएको स्मरण गरे ।

रक्षामन्त्री पोखरेलले वर्तमान सरकारको सवै प्रदेशमा प्राविधिक विद्यालय स्थापना गरी ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत अन्य शिक्षा प्रदान गर्ने सोचलाई कार्यान्वयन गर्न यस विश्वविद्यालयले नेतृत्व गर्ने बताए । उनले प्रधानमन्त्रीको समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय आंकक्षालाई पुरा गर्न कृषिको व्यवसायीकरण, निजी लगानीमा उद्योग स्थापना,उर्जाको विकास, पर्यटन र पूर्वाधारमा निर्माणमा सवैको सहयोग आवश्यक रहेको बताए ।

विश्वविद्यालयका कूलपति समेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले दुरगामी र अग्रगामी सोचका साथ विश्वविद्यालय स्थापना गरिएको जानकारी दिए । उनले विश्वविद्यालयका उत्पादन हुने जनशक्ति स्वदेश तथा विदेशमा उपयोग हुनेका जोड दिदै विद्यालयले सन् २०३० का लागि गुरु योजना वनाइ कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सामाजिक विकासमन्त्री घिमिरेले विश्वविद्यालय प्राविधिक र व्यवसायिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा रहने बताउँदै आगामी एक वर्षभित्र पठनपाठन शुरु गर्ने जानकारी दिए ।

प्राचार्य पोखरेल र प्रतिष्ठानलाई छ करोड प्रदान गर्ने दाता हरिप्रसाद काफ्ले र प्रतिष्ठानका सत्यनारायण चौधरीले उत्पादित युवायुवतीले मुलुकको विकासमा सहयोग पु¥याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर