RUMPUM
animated ellipse animated ellipse

कप्तान ज्ञानेन्द्रको सतकमा नेपालको सानदार जित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७६, बिहीबार १९:४७
3
Shares

काठमाण्डौं / १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई १ सय ४१ रनले पराजित गरेको छ ।

आज त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय ३६ रनको लक्ष्य दिएको थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा एक सय सात रन बनाउँदा पूर्व कप्तान पारस खड्काले २८ बलमा नौ चौका र एक छक्काको मद्दतले ५७ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४५ रन बनाऐ । यस अघि पारसले शतक प्रहार गरेका थिए । कप्तान मल्लले नौ छक्का र पाँच चौका प्रहार गरेका गर्दै टि ट्वान्टीमा शतक प्रहार गर्ने नेपालका दोस्रा खेलाडी भए । नेपालले टी ट्वान्टीमा बनाएको यो अहिलेसम्मकै उच्च स्कोर हो । भुटानका कर्मा दोर्जीले दुई विकेट लिए ।

जवाफी ब्याटिङमा आएको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाएको हो । भुटानका रन्जुङ मिक्यो दोर्जेले सर्वाधिक २७ रन बनाए । नेपालका पारस खड्काले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर