AArya
RUMPUM
animated ellipse animated ellipse

बागलुङ जीप दूर्घटनामा १४ को मृत्यु, एक बेपत्ता, मृत्यू हुने सवैको सनाखत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७६, मंगलवार १५:०९
3
Shares

बागलुङ / र बाग्लुङ र गुल्मीको सिमाना भिङगिठेमा जीप दुर्घटना हुँदा १४ को घटनास्थलमै मृत्यु भएको छ भने एक जना बेपत्ता भएका प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना गम्भिर घाइते भएका छन् ।

इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दूर्घटनामा परेको हो । घटनामा एक जना बच्चासहित १४ जनाको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।

प्रहरीका अनुसार जीपमा १८ यात्रु सवार रहेका र एक जना बेपत्ता भएको बताइएको छ । चालकको समेत मृत्यु भइसकेका कारण घटना अनुसन्धानका लागि कठिनाई भएको छ । क्षमता भन्दा बढी यात्रु रहेका कारण जीप दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । जीप सडकबाट ५सय मिटर तल खोलामा खसेको थियो ।

मृतकको नामावली

मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीय सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्कीं, दुई वर्षीया अनुशा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की, बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ बर्षीया लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की, कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्की छन् ।

दूर्घटनामा घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–२ का २२ वर्षीयका जीवन कार्की, इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ बस्ने २३ वर्षीया मिना केसी छन् ।उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर