AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षादिप कलेजद्वारा विद्यार्थीलाई सिलुगुढीको विज्ञान केन्द्रको अवलोकन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ मंसिर २०७६, सोमबार २०:०२
9
Shares

विराटनगर / विराटनगरमा रहेको शिक्षादिप कलेज फिजिकल समूहका विद्यार्थीहरुलाई भारतको उत्तर बंगालमा रहेको विज्ञान सेन्टरमा लगेर प्रयोगात्मक अभ्यास गराएको छ ।

कलेजमा अध्ययनरत फिजिकल समूहका कक्षा ११ का १ सय ५० जना विद्यार्थीलाई भारतको उत्तर बंगाल सिलुगुढीमा रहेको विज्ञान सेन्टरमा लगेर प्रयोगात्मक अभ्यास गराएको हो । यस अभ्यासले विद्यार्थीहरु उत्साहित देखिएका छन् । कलेजका प्रिनिसपल ज्ञानबहादुर खडका फिजिकल समूहका इन्जिनियरिङ विद्यार्थीलाई उत्तर बंगालको विज्ञान केन्द्रमा प्रयोगात्मक शिक्षा दिएको बताए ।

कलेजका विद्यार्थीहरुले विज्ञान केन्द्रमा करिव ४ घण्टा अवलोकन र वैज्ञानिक आविश्कारको बारैमा सञ्चालित कक्षामा सहभागि रहेको प्रिन्सिपल खडकाले बताए । विज्ञान केन्द्रमा युवा वैज्ञानिक अमित रायले विज्ञानको आविश्कार र चमत्कारिक प्रविधिको बारेमा विद्यार्थी तथा शिक्षकलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर