AArya
RUMPUM
animated ellipse animated ellipse

एम्सका विद्यार्थी भारतको पाँचतारे होटलको अध्ययनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७६, आईतवार १९:४६
3
Shares

विराटनगर /विराटनगर–९ मा रहेको एम्स कलेजमा   विएचएम प्रथम सेमेस्टरमा यस बर्ष भर्ना भएका २१ जना विद्यार्थी भारतको सिलिगुरी अवस्थित पाँच तारे रोयल सरोवर होटलमा तीन दिने होटल अवलोकन तथा प्रयोगात्मक सिकाईका लागि प्रस्थान गरेका छन् । 

बिएचएम अध्ययन कितावि ज्ञान र कलेजको प्रयोगात्मक कक्षा मात्र काफि नहुने भएको हुँदा रियल इन्डष्ट्री भिजीट गराएको क्याम्पसका बिएचएम संयोजक सुरेन्द्र मण्डलले बताए । व्यवहारिक ज्ञान सिकाईका निमित्त उक्त ठाउँमा विद्यार्थीहरु पु¥याएको उनले बताए ।

भ्रमणका क्रममा विद्यार्थीहरुले हाउस किपिङ , प्रडक्सन, सर्भिसलागायत लन्ड्रीको अवलोकन गरे । होटल र कलेज बिच विद्यार्थीहरुलाई हरेक बर्ष ईन्टरनसिप र रोजगारको समेत व्यवस्था गर्ने सहमति भएकोछ ।  

कलेजमा भर्ना भएको १५ दिन नबित्दै यसखालको अवसर पाएका विद्यार्थीहरुले होटल अवलोकन पश्चात् धरै कुराको ज्ञान भएको कलेजका क्याम्पस प्रमुख सिए बस्नेतले बताए ।

बिएचएम अध्ययन गर्नु एक गहन कुरा हो । यो विषय अध्ययन गर्ने विद्यार्थीले धेरै कुरामा हासियारी अपनाउनु पर्छ । यो विषय जीवन भरी पढेर नसकिने क्षेत्र अन्तर्गत पर्छ । र यो अवलोकाबाट धरै आधारभुत ज्ञान हाँसिल भएको र त्यसका निमित्त सबै विद्याथी तयार हुनु पर्ने कुरा कक्षाका प्रतिनिधि सुजन बोहाराले बताए । यस प्रकारको प्रयोगात्मक अध्ययन  सुरुवात मात्र भएको र आगामी दिनमा देश विदेशका अन्य तारे होटलका लागि पनि विद्यार्थी तयार गर्ने, दक्ष जनशक्तीका लागि उपयुक्त वातावरण तयार गर्ने क्यापस प्रमुख बस्नेतले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर