RUMPUM
animated ellipse animated ellipse

कास्की २ मा नेकपाकी विद्या भट्टराई विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७६, आईतवार १९:१७
3
Shares

पोखरा / कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचिचत भएकी छिन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४ सय ९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेललाई पराजित गरेकी हुन् ।

नेकपाकी भट्टराईले २४ हजार ३ सय ९५ मत ल्याउँदा कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ८६ मत ल्याए । जितसँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ ।

विजयी भएसँगै भट्टराईलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवार पौडेलले खादा ओढाएर बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर