RUMPUM
animated ellipse animated ellipse

दथरथ रंगशालामा भव्य भयो साग खेलको उद्घाटन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७६, आईतवार १८:५५
3
Shares

काठमाडौं / १३ औँं दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिताको उद्घाटन सत्र दशरथ रंगशालामा सुरु भएको छ।

आज साँझ त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छिन् । साँझ ५ बजेदेखि सुरु भएको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय गान बजेसँगै सातै देशका खेलाडीले मार्च पास गरेका थिए ।

साग उद्घाटनको मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोकेका छन् । उनले सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदक समेत जितेका थिए । यस्तै सागमा चार पटक स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गर्नेछन् ।

नेपालसहित सहभागी सबै राष्ट्रले आफ्नो देशको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुतिसमेत दिने कार्यक्रम छ । उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

नेपालमा तेस्रो पटक साग आयोजना भएको हो । सन् १९९४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपालले १९९९ मा आयोजना गरेको थियो ।

१३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर