पूर्वाञ्चल खबर
खाँदबारी / संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् ।
पोखरेलले निकटम प्रतिपक्ष नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतान्तरले पराजित गरेका छन् ।
नेकपाका पोखरेल ३ हजार १८ मत ल्याए भने कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका छन् । मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको सडक दुर्घटनामा निधन भए पछि निर्वाचन भएको हो ।