RUMPUM
animated ellipse animated ellipse

एम्बुलेन्स दुर्घटना हुँदा एकै परिवारका ५ जनासहित ६ जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ मंसिर २०७६, आईतवार ०८:३१
3
Shares

सुनसरी / सुनसरी कोशी गाँउपालिका–हरीपुर चोकमा एम्बुलेन्स र ट्रकएकआपसमा ठक्कर भई दुर्घटनामा हुँदा उदयपुरको त्रियुगा नगरपालिकाका एकै परिवारका ५ जनासहित ६ जनाको मृत्यु भएको छ ।

शनिबार मध्यरातमा पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फजादै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रक एक आपसमा ठक्कर भई दुर्घटना हुँदा एम्बुलेन्समा सवार एकै परिवारका ५ जनासहित ६ जनाको मृत्यु भएको हो । एम्बुलेन्सले विराटनगरबाट शव लिएर फर्कदै गरेको थियो ।
एम्बुलेन्स चालक र उदयपुर त्रियुगा नगरपालिका–१० का २८वर्षिय राजेसकुमार दनुवारसहित एम्बुलेन्समा सवार उदयपुर त्रियुगा नगरपालिका–१० कै वर्षिय ३४ को दुर्गाधन राई, २८ वर्षिय टेकेन्द्र राई ,
५० वर्षिय तुलबहादुर राई, ३५ वर्षिय मुकेस राई र ३२ वर्षिय दिनेस राईको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ

उदयपुर त्रियुगा नगरपालिका–१० की ८५ बर्षीया शिबमाया राई प्रेसरको विमारी भई गोल्डेन अस्पताल विराटनगरमा ल्याएका थिए । तर उपचारका क्रममा उनको मृत्यु भएपछि शव लिएर फर्कदै गर्दा दुर्घटना भएको सुनसरीका डिएसपी विनोद शर्माले बताए । ट्रक चालक फरार रहेकोले खोजतलास भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर