खबर पूर्वाञ्चल
मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी खटिइसकेका छन् । उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरूसहित साँझसम्म मतदान केन्द्रमा पुगिसक्ने छन् । यसैबीच, उप निर्वाचनका लागि आज रातिदेखि मौन अवधी सुरु हुँदैछ । उपनिर्वाचनमा १ सय १ दलले भाग लिंदैछन् । प्रतिनिधी सभाको एक, प्रदेशसभाको तीन र स्थानीय तहका गरी ३७ जिल्लाको ५२ स्थानमा १४ मंसिरमा उप निर्वाचन हुँदैछ ।
प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य ९५ र स्थानीय तहमा ७८ उम्मेद्वारले चुनावमा भाग लिएका छन् । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा मतदाताको संख्या चार लाख ५४ हजार १ सय १४ छ ।मतदानका लागि दुई सय ४७ मतदान स्थल र पाँच सय ३७ मतदान केन्द्र तोकिएको छ ।