पूर्वाञ्चल खबर
उदयपुर / उदयपुरको ताप्ली गाउँपालिकामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यू हुनेमा ताप्ली गाउँपालिका ४ का ५१ बर्षीय होमबहादुर राना रहेका छन् । पैदल यात्रा गरिरहेका रानालाई सोमवार राती साँढे ७ बजेको समयमा यारी खोलाबाट थानागाउँतर्फ धान लोड गरेर जाँदै गरेको ना ५ त ६६०७ नम्बरको ट्याक्टरले ठक्कर दिएकोको थियो । घाईते भएका रानाको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा राती पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ट्याक्टर चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ भने ट्याक्टर प्रहरीले नियन्त्रणमा रहेको उदयपुर प्रहरीले जनाएको छ ।