CLASSICTECH NET

ट्क भित्र भारतीय नागरिको मृत्यु

खबर पूर्वाञ्चल, ७ मंसिर २०७६, शनिबार १९:३४

विराटनगर / मोरङ विराटनगर महानगरपालिका– १७ भन्सार कार्यालय भित्र रहेको ट्रान्स नेपालको पार्कीङ स्थलमा रोकी राखेको भारतीय नम्बर प्लेटको ट्रक भित्र १ भारतीय नागरिकको मृत्यु भएको छ ।

भारतबाट नेपाल आएको युपि ७८ एफटी ३५१६ नम्बरको ट्रक भित्र सोहि ट्रकका सह–चालक भारत कलोनि
कानपुर नगरपञ्चायत –४ उतर प्रदेशका ५६ वर्षिय कोईतबार अलिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

मेसिनेरी सामान लोट गरी विहिबार नेपाल आई पार्कीङ गरी राखेको ट्रकमा ट्रकका चालक र मृतक अलि हिजो शुक्रबार रातको खाना र ज्वरोको औषधी खाई सोहि ट्रकको क्याविनमा सुतेकोमा आज विहान ११ बजे ट्रकका चालक भारत तिपुगंञ्ज –७ उतर प्रदेशका ३३ वर्षिय मो.इसादले सह–चालक अलिलाई उठाउन खोज्दा नउठेकोले हेर्दा मृत अवस्थामा देखी ईलाका प्रहरी कार्यालय रानीमा खबर गरेका थिए ।

घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको मोरङ प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५