पूर्वाञ्चल खबर
धनकुटा / धनकुटाको सिधुवाबजार देखि तेह्रथुमको छथर गाउँपालिका जोड्ने सिधुवा–शुक्रबारे सडक खण्ड कालोपत्रे हुने भएको छ ।
सडक कालोपत्रे शुभारम्भका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोमबार शिलान्यास गर्ने कार्यक्रम तय भएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले जानकारी दिए । लामो समयदेखि कालोपत्रेका लागि स्थानीयले आग्रह गर्दै आएपनि सडक कालोपत्रे गर्न ढिलाई हुदै आएको थियो ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि कच्ची र क्षतिग्रस्त सडकलाई मर्मत तथा स्तरोन्नति गरी सवारी सञ्चालन योग्य बनाएका थिए । मुख्यमन्त्री राईले गाउँपालिकाले सञ्चालन गर्न लागेको छथर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले जानकारी दिए ।