पूर्वाञ्चल खबर
विराटनगर / मोरङको सुन्दर-हरैचा नगरपालिका-९ बुधबारे स्थित राजकुमार बोहोराको घरमा चोरी गरेर भाग्दै गरेको अवस्थामा १ जना पक्राउ परेका छन ।
हिजो साँझ काठमाण्डौ नैकाप घर भएका २६ बर्षिय आशीष मगरलाई बोहराको घरमा कोही नभएको अवस्थामा चोरी गरी भाग्दै गर्दा स्थानीय मानिसले पक्राउ गरी प्रहरी चौकी विराटचोकमा जानकारी गराएका थिए । घटनाबारे जानकारी पाउनासाथ उक्त स्थान तर्फ खटिएको प्रहरीको टोलीले निजको साथबाट ल्यापटप १ थान,पेन ड्राईभ १ थानलगायत अन्य किराना सामानसहित नगद ४ हजार ५ सय बरामद गरेको थियो । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप अनुसन्धान कार्य सुरु गरीएको मोरङ प्रहरीले जनाएको छ ।