AArya
RUMPUM
animated ellipse animated ellipse

भारतले सार्वजनिक गरेको नयाँ नक्साविरुद्ध विराटनगरमा विद्यार्थीको विरोध ¥याली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ मंसिर २०७६, बिहीबार १८:५४
3
Shares

विराटनगर / भारतीय विस्तार विरुद्ध विराटनगरमा विद्यार्थीहरुले विरोध ¥याली प्रर्दशन गरेका छन् ।

भारतले केही दिन अघि नयाँ नक्सामा नेपाली भूमि भारतमा परेको कालापानी,लिपियाधुरा र लिपुलेक फिर्ता गराउन माग गर्दै विराटनगरमा विद्यार्थीहरूले आज विरोध प्रर्दशन गरेका हुन् । उनीहरूले ‘भारतीय सहयोग चाहिदैन, सिमा मिच्न पाइदैन’ लगायतको प्लेकाटसहित नारा लगाउँदै विरोध गरेका थिए ।

विराटनगर– १५ मिल्स एरिया स्थित मनोकामना सेकेण्डरी बोर्डिङ स्कूलका विद्यार्थी, शिक्षकहरूले विरोध ¥यालीमा सहभागि थिए । उनीहरूले ‘लिपुलेक हाम्रो हो’ ‘गो ब्याक ईन्डिया’, भारतीय सेना कालापानी छोड, राष्ट्रभक्तिको नाराले देश बचाउँ साराले, पहिलो प्राथमिकता सिमालार्य दे, मगन्ते प्रवृत्ति बन्द गर, लगायत लेखिएको प्ले कार्ड, नाराबाजी गरिएको थियो । उनीहरुले ‘लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै नारा लगाएका थिए ।

नेपालको भूमि भारतीय नक्सामा राखेर भारतले नेपालको अपमान गरेको बताए । भारतको यो हेपाहा प्रवृत्ति आफूहरुलाई मान्य नहुने भन्दै उनीहरुले नक्सा नसच्याउँदासम्म चुप लागेर नबस्ने बताएका हुन् । सरकारले तत्काल कदम चाल्न पनी उनीहरुले माग राखेका छन् ।
भारतले नेपालको भुभाग भारतीय नक्सामा राखेको विरोधमा उनीहरूले निकालको विरोध ¥याली महानगर परिक्रमा गरेको थियो । स्कूल परिसरबाट निस्किएको ¥यालीले सिमा क्षेत्रसम्म पुगेर स्कूलमा आएर सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर