पूर्वाञ्चल खबर
विराटनगर / अवैध रुपमा भारततर्फ तस्करी भइरहेको ठूला परिणामा मरिच प्रहरीले बरामद गरेको छ ।
मोरङको जहदा गाउँपालिका –१ स्थित तरिगमाबाट प्रहरीले आज १६ बोरा मरिच नेपालबाट भारततिर तस्करी गरि लैजाने क्रममा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले जानकारी दिए । ३० केजी तौल भएको मरिचको बोरा प्रहरीले बरामद गरेको हो ।
‘तीन वटा भारतीय नम्बर प्लेट भएको मोटसाइकलमा अवैध तस्करी गरि लैजाने क्रममा मरिच प्रहरीले बरामद गरेको हो,’ मोरङ प्रहरीका डिएसपी खिउँजुले भने, ‘प्रहरीलाई देख्ने साथ तस्करीमा संलग्न व्यक्ती फरार भए ।’ प्रहरीले उनीहरूको पनि खोजी कार्य गर्दै आएको डिएसपी खिउँजुले बताए । प्रहरीको स्रोतको अनुसार विराटनगरमा मरिचको कारोबारी गर्ने व्यापारी उमेश साहको भएको बताइएको छ । उनले अवैध रुपमा भारत तिर मरिच तस्करी गर्ने क्रममा प्रहरीले मरिच बरामद गरेको हो ।