AArya
RUMPUM
animated ellipse animated ellipse

सुमिका वादविवादमा प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ मंसिर २०७६, बुधबार २१:३०
3
Shares

विराटनगर / सुमिका निरौला विराटनगरमा भएको विद्यालयस्तरीय वादविवाद प्रतियोगितामा प्रथम भएकी छिन् ।

लायन्स क्लब अफ विराटनगर युनाइटेड र लियो क्लब अफ विराटनगर युनाइटेडले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आज विराटनगरमा आयोजना गरेको प्रतियोगितामा डेढ दर्जन प्रतियोगीलाई पछि पार्दै निरौला प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगितामा मार्टस बोर्डिङका आदित्य झा द्वितीय, मदरल्याण्ड बोर्डिङका सौगात गुरागाईंले तृतीय स्थान हासिल गरे । कवि एवं पत्रकार मीनकुमार नवोदित र ओम ढकालको निर्णायक समितिले पुरस्कृत विद्यार्थीको नाम घोषणा गरेको थियो ।

‘विज्ञान र प्रविधिभन्दा अध्यात्मले जीवनलाई सुखी बनाउँछ’ भन्ने विषयमा भएको प्रतियोगितामा ज्ञान सारथि बोर्डिङ स्कुल विराटनगरकी निमिशा बुढाथोकी र मोरङको पिनाकल ज्ञान मन्दिरकी छात्रा जेसिका दुलालले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । विजेता विद्यार्थीहरूलाई लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए–वान का जोन चेयर पर्सन रमेश खत्री, लायन्स क्लबकी अध्यक्ष कला खड्का, लियो क्लब अफ इन्टरनेशनल ३२५ ए–वानका पूर्वअध्यक्ष कैलाश खाकी श्रेष्ठ, लियो युनाइडेटका अध्यक्ष अरिफ अन्सारीलगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर