पूर्वाञ्चल खबर
मदर एण्ड चाइल्ड हस्पिटलको मुख्य आयोजना तथा रोटरी क्लब अफ बिराटनगर , डाउन टाउनको सहकार्यमा विराटनगर महानगरपालिका वडा नं ४ बिराटनगर , स्थित श्री लक्ष्मीनारायण मन्दिर जीयर शैक्षिक संस्थामा अध्यनरत बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेको हो ।
‘आजका बालबालिका भोलीका अभिभावक ’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय बाल दिवस मनाइएको छ । कार्यक्रममा बोल्दैं प्रमुख अतिथि एवम बरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार विष्टले नेपालसहित विश्वका १९३ राष्ट्रहरूले यो महासन्धिलाई अनुमोदन गरिसकेका र बालबालिकाहरूको आधारभूत स्वास्थ्य आवश्यकताहरु पूरा गरी उनीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गराउने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।
रेटरी क्लब अफ विराटगर डाउन टाउनका अध्यक्ष गंगाप्रसाद यादबले न्यूरो हस्पिटलको सहकार्यमा यस किसिमका निःशुल्क स्वास्थ्य परिक्षण आगामि दिनमा समेत गरिने तथा स्टेसनरी सामान समेत बितरण गरेको बताए । हस्पिटलका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुरेशप्रसाद साह र वरिष्ठ दन्त रोग विशेषज्ञ डा. अमितप्रताप साहले विद्यालयका बालबालिकाहरु स्वास्थ्य परिक्षण गरे ।
न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटट्राईले बालबालिका हेतु आयोजना गरिएको स्वास्थ शिविरलाई निरन्तर्ता दिने बताए । उनले यस किसिमको निःशुल्क स्वास्थ शिविर आयोजनाको मुख्य उद्देश्य नै जनचेतना भएको बताए । विशेष गरि बाल रोग सेवा निमित्त जनचेतनाको अभिवृद्धिका लागि यस शिविरलाई निरन्तर्ता दिइने डाइरेक्टर भटट्राईले बताए ।
हस्पिटलले यस अघि विभिन्न स्कुललमा निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गरि बिरामीको निःशुल्क उपचार गरिएको हस्पिटलका कार्यकारी निर्देशक अनिषा विष्टले जानकारी दिइन् ।