AArya
RUMPUM
animated ellipse animated ellipse

शैनिक स्कूलमा विज्ञान प्रदर्शनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ मंसिर २०७६, मंगलवार १९:४७
27
Shares

विराटनगर / शैनिक आबासिय महाबिद्यालय धरानले पहिलो पटक प्रथम साईन्स स्याम्ड कम जेनेरल प्रदर्शनी–२०७६ आफनै प्राङगनमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबाटै सञ्चालन कार्यक्रम सम्मन्न गरेको छ ।

विद्यार्थीहरुबाटै सबै स्टल, उदघोषण तथा स्वयम् सेवक परिचालक देखि ब्यबस्थापन समेत गरिएको यो कार्यक्रम भब्य र सब्य देखिएको अबिभावक अप्सरा कट्वालले बताउनु भयो । उक्त प्रदशनीमा बिज्ञान, कला संस्कृति, विभिन्न जनजातिका भेषभुषा , लोपोन्मुख विभिन्न बाजागाजा, महाविद्यालय , नेपाली सेना, राष्ट्रिय सेवा दल, नेपाली, अंग्रेजी, गणित, कम्प्युटर तथा सामाजिक सांस्कृतिक सम्बन्धि ३१ वटा स्टलहरू राखिएको थियो ।

महाबिद्यालयले गरेको कार्यक्रमलाइ अबलोकन गर्न आउने हुने सुनसरी जिल्लाका इटहरी, धरान लगायत बिभिन्न बिद्यालयका शिक्षकहरु प्रतिनिधीहरु, बिद्यार्थीहरु लगायत अभिभावकहरुलाई सागितिक कार्यक्रमले मनोरञ्जन समेत गराएको थियो । यो प्रथम प्रयासलाई अझ सार्थक बनाउन अगामी बर्षहरुमा झन परिस्कृत हुने महाबिद्यालयका प्रिन्सिपल निलम कुमार श्रेष्ठले बताउनु भयो । यस कार्यक्रमलाई सफल बनाउन हामी सबै महाबिद्यालय परिबार, सैनिक तथा गैरसैनिक कर्मचारीहरु, शिक्षक तथा कर्मचारीको अहम भुमिका र अथक प्रयास रहेको प्रिन्सिपल श्रेष्ठले बताउनु भयो ।

विद्यार्थीहरुले आगन्तुकहरूका निम्ति विभिन्न नृत्य, गायन, कराते, तेइक्वान्दो जस्ता बिभिन्न सास्कृतिक कार्यक्रम समेत विद्यार्थीहरूले प्रस्तुत गरेका थिए । महाविद्यालयका विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थीका साथै धरान इटहरीका विभिन्न विद्यालयका शिक्षक विद्यार्थी लगायत बिभिन्न महानुभावहरु गरी २ हजार भन्दा बढीले प्रदर्शनी अवलोकन गरेका थिए ।

महाबिद्यालय परिसरमा बिद्यार्थीहरुलाई शैक्षिक कार्यतालिका अनुसार नै शिक्षक सिकाई संगसगै प्रतिभावान बिद्यार्थीहरुलाई प्रतिभा प्रस्फुटन हुने गरी अतिरिक्त कृयाकलाप पनि महाबिद्यालयले जोड दिएको होस्टल सुपरिटेन्डेन्ट दयाराम दुवाडीले बताए।

प्रदर्शनी कार्यक्रममा पूर्वी पृतनाका चिफ अफ आर्मी स्टाफ सहायक रथी यम बहादुर अधिकारी, १ न बाहिनीका बाहिनीपति सहायक रथी याम प्रसाद ढकाल, कल्याणकारी योजना निर्देशनालयका शिक्षा शाखा प्रमुख सेनानी बसन्त गौतम तथा यस महाविद्यालयका पूर्व सम्पर्क अधिकृत प्रमुख सेनानी श्यामहरी खत्रीले समेत उक्त प्रदशनीको अवलोकन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर