AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेशको आर्थिक समृद्धको यात्रामा सहकारी सहभागी हुुन पर्छ –मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० कार्तिक २०७६, शनिबार २०:४९
3
Shares
विराटनगर / प्रदेशको आर्थिक समृद्धियात्रामा सहकारी प्रत्यक्ष सहभागी हुनुपर्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए ।

आज विराटनगरमा राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लि. विराटनगरको २१ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले छरिएर रहेका पूजीलाई एकत्रित गरि कृषिको व्यवसायिकरण, आधुनिकरण र रोजगारी सिर्जना गरी प्रदेशलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान दिन आग्रह गरे ।

मुलुकको आर्थिक समृद्धको एउटा खम्वाको रुपमा रहेको सहकारीले जनताको विकास र समृद्धको चाहनालाई पूरा गर्न प्रदेश सरकारसंग हातेमालो गरी हिडुन पर्नेमा मुख्यमन्त्री राईले जोड दिए ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले सहकारीलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि ल्याएको सहकारी ऐनको चर्चा गर्दै अव चाँडै वन्ने नियमावली व्यवस्थावाट उत्पादनमुखी र रोजगारी सिर्जनामा यसको प्रभावकारी कार्यान्वयनले ठोस रुप लिने बताए । उनले प्रदेश सरकारले विकास र समृद्धका लागि गर्न लागेको लगानी सम्मेलनमा पेश गर्ने विभिन्न परियोजनाको विस्तृत अध्ययन प्रतिवेदनमा(डिपिआर)मा सहकारी पूर्जी लगानीको लागि स्पष्ट छनौटको प्रस्ताव गरेको जानकारी समेत दिए ।

सहकारीका अध्यक्ष जीवन काप्mलेले आगामी आव २०७६÷७७ को लागि ३३ करोडको आय व्ययको प्रतिवेशन पेश गरे भने आव २०७५/७६ मा ४६ करोडको कारोवार, २१ करोड निक्षेप संकलन , २३ करोड ऋण लगानी ३१ खुद मुनाफा भएको जानकारी दिए ।

सोही अवसरमा मुख्यमन्त्री राईले सहकारीको आर्थिक विकासमा योगदान दिएको रमेश पोखरेललाई दधिराम दाहाल सहकारी पुरस्कारवाट सम्मानित गरे । यसैगरी उनले सहकारीका जेष्ठ सदस्य,सहकारी सदस्यका छोरोछोरीलाई उच्च शिक्षा अध्ययन गरेकोमा सम्मान समेत गरे ।

विस २०५५ मा स्थापना भएको उक्त सहकारीमा ६३१ महिलासहित १५८१ शेयर सदस्यहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर