पूर्वाञ्चल खबर
विराटनगर विराटनगर जेसीजले ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम सम्पनन भएको ।
पर्यटन बर्ष २०२० का कार्यक्रम संयोजक देवचन्द्र घिमिरे उत्कृष्ट कार्यक्रम संयोजकसहित निवा अर्वाडबाट सम्मानित भए । सोह अवसरमा विराटनगरकी चेली फिल्म निर्देशक तथा हास्य कलाकार दिपाश्री निरौला ,मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्द्रा र संगित क्षेत्रमा स्मृति ब्याण्ड सम्मनित भए । उनीहरुलाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष महेश पौडेलले सम्मान गरे
कार्यक्रममा निवर्तमान अध्यक्ष श्रीधर बस्याल, पूर्व अध्यक्ष प्रकाशप्रसाद अधिकारी ,कार्यकारिणी उपाध्यक्ष श्यामसुन्दर सुन्दर पौडेल ,अमिस ढकाल ,रविन पोख्रेल र विराटनगर जेसिजका अध्यक्ष सेवक बजगाई बोलेका थिए ।
कार्यक्रममा गिनिज बुक वल्ड रेकर्ड नाम लेखाएका कम उमेरका निर्देशक सौगात बिष्ट र राष्ट्रिय गायक सुमित खड्का ,सिदार्थ शाह तथा सम्मानित कलाकार निरौलालगायतले मनोरञ्जन प्रदान गरेका थिए ।