पूर्वाञ्चल खबर
विराटनगर / लोकतन्त्र निरन्तर प्रक्रिया भएकोले यसको सुधार र सुदृढ हुँदै जाने प्रदेश १ का उपसभामुख सरस्वती पोखरेलले बताएकी छिन् ।
आज विराटनगरमा फ्रिडम फोरम आयोजित ‘खुला संसदःअवधारणा र अभ्यास ’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख पोखरेलले संसदलाई निस्क्रिय हुन नदिन सबैको सक्रियता आवश्यक रहेको बताइन् । संसदमा निर्माण हुने कानूनहरुको विषयगत समितिमा लगेर दफावार छलफलमा विशेषज्ञहरु समेतको राय र सुझावबाट पारित भइरहेको कानूनले प्रदेशलाई समृद्ध बनाउन मद्दत गर्ने उपसभामुख पोखरेलले बताइन् ।
नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले संसद जनताको प्रतिनिधिहरु भेला हुने थलो भएकोले यसको प्रभावकारिता बढाउन नागरिक समाज र सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरलले हरेक सरकार खुला, पारदर्शि र जवाफदेहिता हुर्ने बताए । फोरमका संस्थापक एवं कार्यकारी प्रमुख तारानाथ दाहालले प्रदेश संसदको हरेक गतिविधिहरुको अभिलेख राख्नु पर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघका पूर्व कन्द्रीय सदस्य गणेश लम्साल, रासस प्रदेश १ का प्रमख मोहम्मद सदरुल, पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतम, पत्रकार लीला वल्भव घिमिरे, कानून व्यवसायी विकास थापाले पनि संसद गतिविधिको बारेमा चर्चा गरे ।