पूर्वाञ्चल खबर
आज विराटनगरमा अमेरिकी सेन्टर काठमाडौ, नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको स्थानीय सरकारका पदाधिकारीहरुका लागि सुशासन सम्वन्धी तीन दिने तालीमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले जनताका सेवा प्रदान निकाय, विकास र पूर्वाधार निर्माणमा सरकारले सुशासन कायम राख्न शुन्य शहनशिलता अपनाएको बताए ।
विकास सुशासनको पहिलो प्राथमिकता भएकोले नागरिकको यसमा प्रत्यक्ष सहभागिता र खवरदारीतावाट मुलुकले प्रतिफल प्राप्त गरी सुशासन कायम गर्न सक्ने मुख्यमन्त्री राईले विश्वास व्यक्त गरे । प्रदेश सरकारले विकास, नीति निर्माण तथा वजेट वाँडफाँडमा जनतालाई जोडेर कार्य गरिरहेको जानकारी दिदै मुख्यमन्त्री राईले गरीवी निवारण, रोजगारी सामाजिक क्षेत्रमा गरिने कार्यवाट जनताले सुशासन अनुभूति गर्ने बताए ।
मुख्यमन्त्री राईले स्थानीय सरकारवाट प्रदान गरिने सेवा छिटो छरितो, सहज र सरल ढंगवाट नागरिकमा प्रदान गर्नु पर्नेमा जोड दिदै जनता वलियो भएमा मुलुकमा सुशासन कायम भै ‘समृद्ध नेपाल सुखी नेपाल’ निर्माण गर्न सकिने बताए ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुशासनवाट मुलुक र जनता समृद्ध हुने भन्दै निर्माणका कार्यमा नागरिकको अनुगमन एवं निगरानी आवश्यक रहेको जोड दिए ।
अमेरिक सेन्टरका प्रमुख सुलभराज भट्टले स्थानीय निकायले गर्ने कार्यमा सुशासन कायम राखि जनतालाई छिटो र छरितो सेवा प्रदान गर्न तालीम उपयोगी हुने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र तारा निरौलाले स्थानीय निकायका पदाधिकारीहरुलाई कार्य सम्पादन गर्ने कार्यमा सहज बताउनका लागि तालीमको आयोजना गरिएको बताएका छन् ।
तालीममा प्रदेश १ र २ का महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उपप्रमुखहरुको सहभागिता रहेको छ ।