RUMPUM
animated ellipse animated ellipse

सूचनाको हकको कार्यान्वयनवाट मुलुकको प्रजातान्त्रिककरणको मापन हुने–मन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ कार्तिक २०७६, सोमबार २०:१८
3
Shares

विराटनगर / सरकारको पारदर्शिता जनतामा देखिन सूचनाको सहज र सरल पहुंज हुनुपर्ने प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

आज विराटनगरमा मन्त्रालयले आयोजना गरेको प्रदेश मन्त्रालय र स्थानीय तहमा कार्यरत सूचना अधिकारीका लागि आयोजित ‘सूचनाको हक सम्वन्धी’ एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री कार्कीले सूचनाको हकको कार्यान्वयनवाट मुलुकको प्रजातान्त्रिककरणको मापन हुने बताए ।

प्रदेशमा सूचनाका हक ऐन निर्माण गर्ने वा संङ्घीय कानून कार्यान्वयन सम्वन्धमा आवश्यक सुझाव दिन आग्रह गर्दै मन्त्री कार्कीले वढी सूचना जारीवाट लोकतन्त्र समृद्ध भै सरकारको पारदर्शिता झल्कने बताए ।

प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले सूचना हक पत्रकारको मात्र नभएर आम नागरिकको जान्न पाउने संवैधानिक आधिकार भएको बताउँदै सार्वजनिक संस्थाले सूचना नमागी सार्वजनिक गर्न अधिकारीहरुलाई आग्रह समेत गरे ।

मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव दामोदर रेग्मी, काूनन मन्त्रालयका उपसचिव कमलवहादुर थापा,मन्त्रालय सूचना शाखा प्रमुख विजय मगर,नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल, जिल्ला अध्यक्ष वन्धु पोखरेल र विराटनगर महानगरपालिकाका सूचना अधिकारी नन्दीकेशर भण्डारीलगायतले सूचनाको हकबाट मुलुकमा सुशासन प्रवद्र्धन हुने बताए ।

प्रशिक्षणमा मोरङ, झापा र सुनसरी जिल्लाका प्रदेश मन्त्रालय र स्थानीय तहमा कार्यरत सूचना अधिकारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर