पूर्वाञ्चल खबर
उदयपुर / उदयपुरबाट गाँजा तस्करी गर्ने दुई जनालाई प्रहरीले चारचक्के सवारी साधनसहित पक्राउ गरेको छ ।
उदयपुरको ताप्ली गाउँपालिका–२, ताप्लीबाट सोमबार स १ च १७६६ नम्बरको जिपसहित सिरहाको धनगढी नगरपालिकाका ४५ वर्षीय कन्सलाल तामाङ्ग र ३५ वर्षीय मोहनबहादुर तामाङ्गलाई पक्राउ गरिएको हो ।
उदयपुरबाट सिरहातर्फ जाँदै गरेको जिपमा बोरामा प्याक गरिएको करिब ५० केजी गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय रामपुर झिल्केले जनाएको छ । गाँजा तस्करीमा संलग्न गाडीका चालक, सहचालकसहित तीन जना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई जिप र गाँजासहित इलाका प्रहरी कार्यालय कटारीमा राखिएको उदयपुर प्रहरीले जनाएको छ ।