पूर्वाञ्चल खबर
विराटनगर / मानसिक सन्तुलन गुमाएका मोरङ रतुवामाई नगरपालिका व्यक्तिलाई उपचारका लागि विराटनगर ल्याईएको छ ।
रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाकाका ४६ वर्षिय दिनेश तिम्सिनालाई रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको टोलीे उनको उद्धार गरि उपचारका लागि विराटनगर ल्याएका हुन् ।
विगत ३० वर्षदेखि मानसिक सन्तुलन गुमाएका उनी उपचार अभावमा डोरीले बाधिएर जिवन बिताइरहेका थिए । सानैमा बुबा बितेको र आमा सुस्त श्रवणशक्ति भएकाकारण उनको उनको समयमा उपचार हुन नसक्दा उनले बन्दी जिवन जिउनु परेको थियो ।
तिम्सिनालाई आज सामाजिक विकास मन्त्रालयले उद्धार गरि विराटनगरमा उनको उपचार सुरु गर्ने भएको छ । मानव सेवा आश्रममाको सहयोगमा उनको उपचार गरिने र उपचारपछि उनलाई पुनः आफ्नै घरमा पुनस्थापना गर्ने मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरारले जानकारी दिइन् ।
बुबाको मृत्यु भइसकेको र आमापनि सुन्न र बोल्न नसक्ने हु“दा उनको उपचारमा कसैले ध्यान दिएका थिएन् । उनी आफ्ना काका अम्बिकाप्रसाद तिम्सिनाको घरमा बस्दै आएका छन् । राम्रो र नियमित औषधि उपचार अभावका कारण उनले आफ्नै घरमा बन्दी जिवन बिताइरहेको अवस्थामा मन्त्रालयले उनको उद्धार गरी उपचार प्रक्रिया अगाडि बढाउन लागेको महाशाखा प्रमुख बरालले बताउनुभयो ।
२०३० सालमा जन्मिएका तिम्सिना सुरुका दिनमा पढाइमा निक्कै अब्बल थिए । झापाको जुरुपानीमा रहेका मावलिमा बसेर पढ्ने उनी एसएलसीमा फेल भएपछि भने उनी टोलाउने, बर्बराउने गर्न थालेको उनका आफन्त विरेन्द्रनाथ तिम्सिनाले बताए ।
आमा बुबाको पनि बोल्न सुन्न नसक्ने र आर्थिक अवस्थापनि नाजुक रहेका कारण उनको समयमा उपचार हुन नसकेकाले उनले आधा जिवन अचेत अवस्थामा साङ्लोमा बा“धिएर जिउनु पर्याे । प्रदेश सामाजिक विकास मन्त्रालयले तिम्सिनासहित ४ जना मानसिक रोगिको उद्दार गरिसकेको छ । यसअघि मन्त्रालयले विराटनगरलगायत विभिन्न स्थानबाट तीन जना मानसिक रोगि महिलाहरुको उद्धार गरेर उपचार सुरु गरिसकेको मन्त्री घिमिरे बताए ।
मन्त्रालयले कसैलेपनि खर्च अभावमा मानिस रोग बोकेर सडक सडक भौतारिने अवस्थाको अन्त्यकालागि उक्त अभियान सुरु गरेको मन्त्री घिमिरे बताए ।
मन्त्रालयले कोष निर्माण गर्ने
सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता भएका परिवारको स्थायी समस्या समाधानका लागि कोष निर्माण गरिने बताए । मन्त्रालयले तत्कालका लागि ३ लाख रुपैयाँ कोषमा राख्ने मन्त्री घिमिरेले बताए ।
उहनले कोषमा सहयोग गर्न पनि दाताहरुलाई आग्रहसमेत गरे । मन्त्रालयले निर्माण गर्ने कोषले अपाङ्गता भएका परिवारको स्थायी समस्या समाधानमा सहयोग पुग्ने मन्त्री घिमिरेको भनाई छ ।