पूर्वाञ्चल खबर
झापा / झापाको गौरिगञ्ज गाउँपालिका ३ बाट लागुऔषध गाजासहित २ जना पक्राउ परेका छन् ।
गौरिगञ्ज ३ का ५७ बर्षीय देवनारायण महतो र गौरिगञ्ज ४ का ५० बर्षीय बुदलाल राजवंशीले घरबाट नै लागुऔषध गाजाको बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौरिगञ्जबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई घरबाट नै पक्राउ गरेको हो ।
पक्राउ परेका महतोको घरबाट प्रहरीले ५ सय ग्राम गाजा र नगद १ हजार ३ सय ५० बरामद गरेको छ भने राजवंशीको घरबाट २ किलो १२५ ग्राम गाजा तथा नगद ६ सय बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको झापा प्रहरलिे जनाएको छ ।