AArya
RUMPUM
animated ellipse animated ellipse

महराको थुनछेक बहस सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ कार्तिक २०७६, आईतवार १८:३६
3
Shares
फाइल तस्वीर
काठमाण्डौं / निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आजबाट सुरु भए पनि सकिएको छैन ।

जिल्ला अदालत, काठमाण्डौँका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहस नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको छ । बन्द इजलासमा भएको बहसमा सरकारी पक्षबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल, न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सहायक न्यायाधिवक्ता सृजना ढकाल सहभागी छन् भने महराको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, अधिवक्ताहरू सबिता भण्डारी, कृष्णप्रसाद सापकोटा र लव मैनाली लगायतले बहस गर्दैछन् ।

संसद सचिवालयकी कर्मचारी राहनी शाहीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका महराको बयान शुक्रबार सकिएको थियो । समय अभावपछि आजबाट मात्रै थुनछेक बहस सुरु भएको थियो । अब थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्ने मध्ये एक आदेश अदालतले सुनाउने छ ।

प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी उद्योगमा ७ वर्ष कैद सजायँ मागदावीसहित जिल्ला अदालतमा महराविरुद्ध मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर