पूर्वाञ्चल खबर
धरान / आफ्नै ६ वर्षीय छोरी बलत्कार गरेको अभियोगमा इलाका प्रहरी कार्यालय धरानले एक जना बाबुलाई पक्राउ गरेको छ ।
छोरी बलत्कार गरेको आरोपमा भोजपुर जिल्ला घरभई हाल धरान उपमहानगरपालिका १७ मा डेरा गरी बस्ने ३८ वर्षीय बुबालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । आफ्नै ६ बर्षीय छोरीलाई बलत्कार गरेको भनी श्रीमतीले उजुरी गरेपछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
कार्तिक १३ गते दिउँसो तरकारी किन्न निस्कीएको बेला मौका छोपी आफ्नै छोरीलाई बलत्कार गरेको भनी बालिकाकी आमाले प्रहरीलाई दिएको जानकारीका आधारमा पक्राउ गरेको कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । आमा तरकारी किनेर फर्कने क्रममा ६ वर्षीय छोरी र श्रीमानलाई नग्न अवस्थामा फेला पारेपछि पिडित बालिकाकी आमाले हामीलाई जानकारी गराएपछि हामीले पक्राउ गरेका हौं ।
बालिकाको र अभियुक्त ३८ वर्षीय बाबुको स्वास्थ परीक्ष गरिनुका साथै जिल्ला अदालत सुनसरीबाट जवरजस्ती करणी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।