RUMPUM
animated ellipse animated ellipse

पत्रकारीता क्षेत्रलाई मार्यादित वनाउनु पर्नेमा जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ कार्तिक २०७६, शुक्रबार १९:३७
3
Shares

विराटनगर / संघिय समाजवादी पार्टी प्रदेस १ का संसदिय दलका नेता जयराम यादवले पत्रकारिता क्षेत्र राजनिति प्रभाववाट वाहिर हुनु पर्ने वताएका छन् ।

संघिय प्रेस फोरमले आज विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले आस्था विचार जे भएपनि पत्रकारीता क्षेत्रलाई राजनितिवाट मुक्त वनाउनु पर्नेमा जोड दिए ।

संघसंगठन गर्नेभन्दा पनि पत्रकारको हितमा लागी एउटा छाता संगठन आवश्यक रहेको नेता यादवले वताए । पहुच नपुगेका अल्प शख्यक तथा सिमान्तकृत समुदायलार्य पत्रकारिता क्षेत्रमा प्रवेश गराउने गरि प्रेस फोरमले स्थानिय स्तरमा कार्यक्रम गर्नु पर्ने उनले वताए ।

संघिय समाजवादी पार्टीका केन्द्रीय सदस्य भुराज राईले पत्रकारीता क्षेत्रलाई मार्यादित वनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी , पूर्व अध्यक्ष महेन्द्र विष्ट, पूर्व केन्द्रीय सदस्य गणेश लम्साल, पत्रकार महासंघ प्रदेस सदस्य व्रमदेव यादव , मधेशी पत्रकार समाज अध्यक्ष श्यामसुन्दर सुतिहार तथा संघिय प्रेस फोरम अध्यक्ष मुकेश यादवले पत्रकारिता क्षेत्रका विकासमा राज्यको ध्यान जानु पर्ने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर