RUMPUM
animated ellipse animated ellipse

स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङले देखाए प्रतिभा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ कार्तिक २०७६, बिहीबार १७:०८
9
Shares

विराटनगर / स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ कोे फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । उक्त प्रतियोगिताको फाइनमा पुगेका २७ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् ।

विराटनगरको हिमालय दर्शन कलेजमा भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले नृत्य,गीत, चित्रकला, कतिवा, मेकअपलगायतका प्रतिभा प्रस्तुत गरे । उनीहरू मध्ये एक जना प्रिन्स र एक जना प्रिन्सेस्ले बेस्ट ट्यालेन्ट एवार्ड प्राप्त गर्नेछन् । सो एवार्ड आउँदो कार्तिक २३ गते हुने विराटनगरमा हुने फाइनलको दिन वितरण गरिने आयोजक हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेटका प्रबन्ध निर्देशक अर्जुन श्रेष्ठले बताए । ट्यालेन्ट शोको निर्णायकहरूमा नृत्य निर्देशक सागर साह, गायक सुरज बाँनिया र मेकप स्क्रलकी निर्देशक रिता ढकाल रहेका थिए ।

हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट प्रालिले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनल राउण्डमा प्रिन्समा ७ जना र प्रिन्सेस्मा २० जना रहेको आयोजक संस्थाका कार्यक्रम निर्देशक सुशील घिमिरे जानकारी दिए ।

‘सीप र संस्कारसहितको सौन्दर्य’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले भाग लिएको कार्यक्रम संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।स्कूलमा अध्ययरत विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगरलगायत नजिका गाउँपालिकाबाट प्रतियोगिहरूले सहभागि रहेको आयोजकले जनाएका छन् ।

प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ, जीवन बिमाका साथै विभिन्न आकर्षक उपहार प्राप्त गर्नेछन् । फस्ट र सेकेण्ड रनरअपलाई क्रमशः १६ हजार र १२ हजार नगद पुरस्कार प्रदान गरिने प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर