RUMPUM
animated ellipse animated ellipse

चाडपर्वहरुले जागरण ल्याउँछ : मन्त्री घिमिरे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ कार्तिक २०७६, शनिबार १८:४६
3
Shares
नृत्य गर्दै पत्रकार दिपेन्द्र थापा । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले चाडपर्वहरुले जागरण ल्याउनमा सहयोग गर्ने बताएका छन् ।

आज विराटनगरमा प्रेस संगठन मोरङले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनु भएएका हुन् । नेपालीहरु मनाउने चाडपर्वले जागरण ल्याउनमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्री घिमिरेको भनाई छ । उनले पत्रकारहरुलाई व्यावसायिक हुन समेत आग्रह पनि गरे ।

पत्रकारहरुको संख्यात्मक बृद्धिसँगै व्यावसायिकतामा जोड दिन मन्त्री घिमिरेको आग्रह छ । सवैजना व्यावसायिक हुन आवस्यक छ मन्त्री घिमिरेले भने ।

निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याव्सन) नेपालका अध्यक्ष टीकाराम पुरीले नेपालीहरुले मउँने चाडपर्वले भ्रष्टाचार र ढिलासुस्तीलाई पराजित गरोस भनि कामना गरे । उनले हरेक व्यक्तिले गर्ने काम उत्पादनलाई उत्पादनसँग जोड्न आवस्यक रहेको उअध्यक्ष पुरीले बताए ।

प्रेस संगठन नेपालका लीलाराज भट्टराईले नेपालीहरुले मनाउने मौलिक चाडपर्वहरु धेरै महत्वपूर्ण रहेको बताए । चाडपर्वको अवसर पारि गरिने कार्यक्रमले संस्कृति जगेर्ना गर्नमा मद्धत पुग्ने उनले बताए । नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल, मोरङ अध्यक्ष बन्धु पोखरेल, नेपाल प्रेस युनियनका उपाध्यक्ष लीलाबल्लभ घिमिरेलगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अरुण उपत्यका सांस्कृतिक समूहका उपाध्यक्ष हरिबहादुर खत्री, कलाकार दीपेन्द्र थापा, मल्लिका शंकर, अमन अलिलगायतले विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर