RUMPUM
animated ellipse animated ellipse

धर्म र सस्कृतिको जगेर्नावाट नै समाजलाई एकतामा बाँध्न सकिन्छ–मन्त्री पण्डित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ कार्तिक २०७६, शनिबार १८:२८
3
Shares
lj/f6gu/,( sflQs . ;‹Lo dfldnf tyf ;fdfGo k|zf;g dGqL nfnafa' kl08t lj/f6gu/–@ tLgk}gL k"j{df lgdf{0f x'g] lrqu'Kt ,57L dftfsf] dlGb/ Pj+ ;fd'bflos ejgsf] zlgjf/ lznfGof; ub}{ . t:jL/÷dgf]h bfxfn, /f;; lj/f6gu/

विराटनगर / धर्म र संस्कृतिलाई बचाउन सवैले आफ्नो ठाउँवाट योगदान दिनु पर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताएका छन् ।

विराटनगर–२ तीनपैनी पूर्वमा निर्माण हुने चित्रगुप्त ,छठी माताको मन्दिर एवं सामुदायिक भवनको आज शिलान्यास गर्दै मन्त्री पण्डितले सस्कृति र धर्म हाम्रो परम्परा हो यसको जगेर्नावाट नै समाजलाई एकता बाँध्न सकिने कुरामा जोड दिए । उनले नव निर्माण हुने वहुतले सामुदायिक भवनको गुणस्तरीयमा कमी आउन दिन हुदैन भन्दै यो भवन हाम्रो धार्मिक र सामाजिक आस्थाको धरोहर हुने बताए ।

स्थानीय जनताले उत्साहका साथ मन्दिर निर्माणमा तिव्रता दिन आग्रह गर्दै मन्त्री पण्डितल सङ्घीय सरकारले आवश्यक थप वजेटको व्यवस्था गर्ने आश्वासन समेत दिए । उनले स्थानीय जनताका सहयोगले निर्माण हुने भवनवाट यस क्षेत्रका जनता लाभान्वित हुने बताए ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामाजिक कार्यमा सहयोग गर्न तीन तहकै सरकारको सहयोग रहने बताउदै समाजको विकासको लागि सवैको साझेदारी आवश्यक रहेको धारणा व्यक्त गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरपालिका बनाउँने कार्यमा सवैको साझेदारीवाट नै अवको केही महिनाभित्र सार्थक परिणाम आउने चर्चा गर्दै आगामी एक वर्ष मन्दिर निर्माण गर्न आवश्यक सहयोग प्रदान गर्ने आसवासन दिए ।

सांसदद्वय अमनलाल मोदी र खेम नेपाली, प्रदेश सभा सदस्य सावित्रि रेग्मी, समाजसेवी पंकज वर्मा, नेकपाका नेता बाबुराम कार्कीलगायतले सांस्कृतिक घुलन भएको समाज समृद्ध हुने बताउँदै जनघनत्व वृद्धिसंगै सवै क्षेत्रमा सामाजिक कार्यका लागि सामुदायिक भवन निर्माण गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर