RUMPUM
animated ellipse animated ellipse

वृद्धाका हत्या गर्ने अभियुक्त दुई वर्षपछि पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ कार्तिक २०७६, बुधबार १८:३७
3
Shares

विराटनगर / बोक्सोको आरोपमा बृद्धलाई हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले दुई वर्षपछिे पक्राउ गरेको छ ।

बञ्चरो प्रहार गरेर रंगेली नगरपालिका ९ दर्वेसाका ६४ वर्षीय पहाडचन राजवंशीको हत्या गर्ने सोही ठाउँका १९ वर्षीय भरतलाल राजवंशी हिजो राति पक्राउ परेका हुन् ।
घटना भएको अढाई वर्षपछि भरतलाई पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले जानकारी दिए । घटनापछि फरार रहेका भरतलाई गाउँमै फर्किएर लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

एसएसपी कोइरालाले बञ्चरो प्रहार गरेर २०७४ साल असार ११ गते बाटो ढुकेर भरतले वृद्धको हत्या गरेको प्रहरीको भनाइ छ । हत्यापछि झाडीमा बन्चरो फ्यालेर फरार भएका उनलाई लामो समयपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले फ्यालेको ठाउँमा बन्चरो खोजी गरे पनि फेला पार्न सकेन ।

हत्या अघि वृद्धलाई बोक्साको आरोप लगाएर स्थानीय बासिन्दाले पनि यातना दिएका थिए । बोक्साको आरोप लगाउँदै गाउँबाट विस्थापित गराइएका उनको स्थानीय प्रशासन र संघ संस्थाको पहलमा पुनस्र्थापना भएको केही समयमै हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान थालिएको बताएको छ ।

बृद्धमाथि मानव मलमूत्र खुवाउने प्रयास गर्दै निर्घात कुटपिट भएपछि प्रहरीले २०६९ सालमा प्रहरीले सात जनाविरुद्ध मुद्दा चलाएको थियो । उनीहरु धरौटीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर