पूर्वाञ्चल खबर
आलोपालो प्रधानमन्त्रीलाई लिएर नेकपाका दुई अध्यक्षको दुरी बढेको आशंका भइरहेका बेला प्रचण्डले भने हल्लाको पछाडि नलाग्न आग्रह समेत गरे । पाँचथरमा कार्यक्रम प्रशिक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टी एकता गर्ने भएका समझदारीहरु कार्यान्वयनका क्रममा रहेको बताए । सहमति कार्यान्वयनमा अगाडि बढिरहेका र सबै समझदारीहरु महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुने अध्यक्ष प्रचण्डले बताए ।
दाहालले मन्त्रिमण्डल फेर्ने कुरा विशुद्ध प्रमको हातमा रहेको बताए । ‘जतिबेला प्रमले चहानुहुन्छ, त्यतिबेला मन्त्रिमण्डल फेरिन्छ’, उनले भने, ‘संक्रमणकालीन न्यायको प्रक्रिया टुंग्याउन हामी जुटेका छौँ। पीडितका पनि राय सम्बोधन हुन्छ, अब समस्या छैन।’ अध्यक्ष दाहालले नेपालको राजनीतिक इतिहासको असाध्य महत्त्वपूर्ण क्षणबाट अघि बढिरहेको बताउँदै राजनीतिक स्थायित्वसहित बलियो सरकार बनाएर समृद्धितिर बढ्ने संकल्प गरिएको उल्लेख गरे।
‘सिस्टम नै चेन्ज भएकाले नयाँ संरचना खडा गर्नुपर्ने र कर्मचारीको व्यवस्थापन पनि चुनौती थियाण्ण्छ,’ उनले भने, ‘देशको समस्या हल हुँदैछ। छिमेकीसँग पनि सम्बन्ध सुध्रिँदैछ। चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणले दीर्घकालीन महत्व राख्दछ। भारतसँगको सम्बन्धमा पनि यसबीचमा विस्तारै सकारात्मक प्रगति भएका छन्।’