पूर्वाञ्चल खबर
विर्तामोड / झापाको काँकडभिट्टाबाट विर्तामोड चल्ने बसबाट १ लाख रुपैयाँ नगद चोरी गरेर भाग्दै गरेका दुई भारतिय महिलालाई प्रहरीले आज चारआलीबाट पक्राउ गरेको छ ।
पक्राउपर्नेमा भारतको पानीट्याङ्की घर बताउने २५ वर्षीया पूजा गुल्ठा र २५ वर्षीया कविता मण्डल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अर्जुनधारा नगरपालिका २ की बिमला रोक्का सार्कीको ब्यागबाट १ लाख रुपैयाँ चोरी गरेका थिए । मेचीनगर नगरपालिका १३ स्थित चारआली चौकमा पुगेपछि आपूmसँग भएको पैसा चोरिर्एको जानकारी पाएकी सार्कीले प्रहरीमा खबर गरेकी थिइन् ।
प्रहरी चौकी चारआलीमा पीडितले दिएको हुलिया अनुसार खोजतलास गर्ने क्रममा नजिकैको मेट्रो पेट्रोल पम्प छेउबाट टेम्पोमा चढेर काँकडभिट्टातर्फ जान लागेका गुल्ठा र मण्डललाइृ प्रहरीले पक्राउ गरेको हो । गुल्ठाको साथबाट चोरिउको रकमसमेत बरामद भएको झापा प्रहरीले जनाएको छ ।