पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरस्थित सैनिक टोलमा दिपावली तथा छैठ पर्वको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
सौगात वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
विराटनगरको सैनिक टोलमा हाम्रो आँगन समूह तथा सैनिक टोल समाज सेवा समितिको सहकार्यमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानिय बाल कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानिय संस्कृति व्याण्ड, सन्दर्भ व्याण्ड लगायतका कलाकाहरुको प्रस्तुतीले थप आर्षणक बन्यो ।
सोही अवसरमा कराते खेलाडीहरुले करातेका खेलहरु प्रर्दशन गरे । सौगात वचत तथा ऋण सहकारी संस्थाले हरेक बर्ष स्थानिय स्तरमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गराउने उदेश्यले यस्ता खालको कार्यक्रम गर्दै आईरहेको संस्थाका अध्यक्ष क्षत्रबहादुर तामाङ्गले बताए । यस्तो कार्यक्रममलाई निरन्तरता दिने उनले बताए ।