AArya
RUMPUM
animated ellipse animated ellipse

प्रणामी समाजद्धारा विरामीलाई भोजन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ कार्तिक २०७६, शनिबार १७:११
3
Shares
विराटनगर / श्रीकृष्ण प्रणामी युवा परिषद् जिल्ला कार्यसमिति विराटनगरले बिरामी र कुरुवाहरूलाई निःशुल्क साहाकारी भोजन गराएको छ ।

परिषदले विराटनगरस्थित कोशीअञ्चल अस्पतालमा आज निःशुल्क भोजन गराएको हो । उक्त संस्थाले विरामीलाई हप्ताको प्रत्येक शनिबार निःशुल्क भोजन गराएको दुई वर्ष भन्दा बढी भएको छ ।

हस्पिटलमा भर्ना भएका बिरामी र कुरुवालाई निःशुल्क भोजन गराउँदै आएको दुई वर्षभन्दा बढी भएको श्रीकृष्ण प्रणामी युवा परिषद् विराटनगरका नगर अध्यक्ष गोकुल कोइरालाले जानकारी दिए । धार्मिक संस्था भए पनि सामाजिक कार्यमा पनि हात अगाडी बढाउदै विरामीको कुरुवाहरुलाई भोजन गराईएको उनले बताए ।

सामाजिक कार्य अनुरुप युवा परिषद्ले विभिन्न सघ संस्था र व्यक्तिको सहयोगमा भोजन गराउँदै आएको छ । ‘अहिलेसम्म हामीले विभिन्न स्थानमा पुगेर भोजन गराउँदै आएको छौं,’ उनले भने, ‘पूण्य कमाउन हामीले यसरी बिरामी र कुरुवा तथा असहायहरूलाई भोजन गराउँदै आएका छौं ।’ पूण्य काममा कसैले सहयोग गर्ने चाहे सहयोग गर्न संस्थाले सार्वजनिक अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर