RUMPUM
animated ellipse animated ellipse

तिघ्रामा टेपले बाँधेर लागुऔषध ल्याउँने एक युवा पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ आश्विन २०७६, मंगलवार २१:२०
3
Shares

विराटनगर / लागुऔषध नियन्त्रण व्यूरो विराटनगर शाखाले लागुऔषध ओसार पसारमा संगलग्न एक युवालाई पक्राउ गरेको छ ।

विराटनगर –१५ स्थित रानी भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागुऔषधसहित धरान–५ का २९ वर्षीय गणेशबहादुर तामाङएकलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

भारतको जोगवनीबाट तिघ्रामा टेपले बाँधेर लागुऔषध ल्याउँदै गर्दा तामाङलाई सोमबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुका जानकारी दिए । उनको साथबाट एभिल ४३, डाइजेल्याब ४३, लुपिजेसिक ४३ र फेनारगन ३ गरेर एक सय ३२ एम्पुल लागुऔषध बरामद भएको छ । तामाङ विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आज अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर