RUMPUM
animated ellipse animated ellipse

विमानस्थलमा तोडफोड गर्ने सांसद एयरपोर्टबाटै समातिए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ आश्विन २०७६, मंगलवार २०:४७
3
Shares

काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जनकपुर विमानस्थलमा तोडफोड गरेका सांसदलाई आज प्रहरीले एयरपोर्टबाटै समातेको हो ।

सर्लाहीबाट निर्वाचित सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । नियमित समयभन्दा विमान ढिलो भएको भन्दै सांसद साहले विमानस्थलमा तोडफोड गरेका थिए ।

बुद्ध एयरको टिकट काउन्टर तोडफोड गरेका सांसद साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न पत्र काटेको थियो । पक्राउ पूर्जी काटेको केही घण्टाको अन्तरालमै सांसद साहलाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरेको थियो ।

ऐनको अन्तर्गत अपराध गरेको खण्डमा ५ वर्षदेखि १० वर्षसम्मको कैद हुने प्रावधान छ । त्यसैगरी विमानस्थल सुरक्षा विरुद्धको अपराध अन्तर्गत विमानस्थल तथा विमानस्थल क्षेत्रभित्र वा बाहिर रहेका सञ्चार तथा उपकरण सहायक, दृष्टिगत सहायक, मौसम तथा जलवायू सम्बन्धि उपकरण, अग्नी निवारण तथा जिवनोउद्धार, सेवा सम्बन्धी यन्त्र तथा उपकरण, सुरक्षा सम्बन्धी अन्य उपकरण तथा यन्त्र तथा हवाई उडानसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धी अन्य यन्त्र उपकरण, धावन मार्ग, धावन मार्ग तर्फ जाने टेक्सी वे, विसान, वायू यान राख्ने स्थान आदी वा सो सम्बन्धी मालसमान कुनै प्रकारले पूर्ण वा आंशिक रुपमा विगारे, भत्काए, क्षती पु¥याए वा नष्ट गरेमा विमानस्थल सुरक्षा विरुद्धको अपराध मानिने व्यवस्था छ ।

सो अपराध गर्नेलाई अपराध गर्नबाट भएको नोक्सानी विगो भराई निजलाई एक वर्षदेखि ५ वर्षसम्म कैद हुने व्यवस्था छ । सो ऐन अन्र्गत अपराध गर्नेलाई नेपाली सेनाका जवान वा सुरक्षा अधिकारी वा जोसुकैले पक्राउ गर्न सक्ने छन् र निजहरुले पक्राउ गरी सकेपछि तुरुन्त प्रहरीलाई बुझाइदिनुपर्ने छ ।

पछिल्ल्लो दुई सातामा प्रहरीले तीन जना सांसदलाई पक्राउ गरेको छ । यसअघि प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरा र मोहम्मद आफताब आलमलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर