CLASSICTECH NET

चिनियाँ राष्ट्रपति सिलाई ‘गार्ड अफ अनर’

खबर पूर्वाञ्चल, २५ आश्विन २०७६, शनिबार १८:४१

काठमाडौं / चिनिया राष्ट्रपति सि जिनपिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । २३ वर्षपछि छिमेकी राष्ट्रपतिबाट भएको भ्रमणमा सेनाले गार्ड अफ अनर प्रदान गरेको हो ।

‘गार्ड अफ अनर’ प्रदान गर्दा नेपाली सेनाले २१ तोपको सलामी दिएको छ । अति विशिष्ट पाहुनालाई नेपाली सेनाको टोलीले गार्ड अफ अनर प्रदान गर्ने परम्परा छ । राष्ट्रपति सी एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नाई हुँदै आज अपराह्न दुईदिने नेपाल भ्रमणमा आएका आएका हुन् । राष्ट्रपति सीलाई विमानको ढोकै अगाडि पुगेर समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र केन्द्रीय सरकारका मन्त्रीहरु उपस्थित विमानस्थल पुगेका थिए ।
काठमाडौंका सडक विशेष रुपमा सजाइएको छ भने ठाउँठाउँमा परम्परागत पोशाक र झाँकीसहितको टोलीलाई स्वागतमा खटाइएको छ । चिनियाँ राष्ट्रपति सी त्रिभुवन विमानस्थलबाट राष्ट्रपति सी बास बस्नका लागि होटल सोल्टी गएका छन् । उच्चस्तरीय भेटवार्ता गरी उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५