CLASSICTECH NET

दशैलाई लक्षित गर्दै प्रदेश १ मा सुुरक्षा व्यवस्था सुुद्धिढ गर्दै विशेष सुरक्षा अपनाउँने

खबर पूर्वाञ्चल, १९ आश्विन २०७६, आईतवार १७:१३

विराटनगर / दशैलाई लक्षित गर्दै प्रदेश १ मा सुुरक्षा व्यवस्था सुुद्धिढ वनाइएको छ । सुुरक्षा व्यवस्था थप सुुद्धिढ वनाउन प्रदेश १ मा ९ हजार नेपाल प्रहरी परिचालन गरिएको छ ।

ठाकुुरप्रसाद ज्ञवाली

विराटनगर महानगरापािलकालगायत विभिन्न सहरका वैंक, वितिय संस्था सहर वजार तथा दशैको वढि चहलपहल हुुने ठाउँमा ठुुलो संख्यामा सादा पोसाकसहितका प्रहरी परिचालन गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुुख ठाकुुरप्रसाद ज्ञवालीले वताए । दशैका लागी टिका थाप्न घर नगएर नेपाल प्रहरी अहोरात्र डयुुटिमा खटेको उनको भनाई छ । पालैपालो टिका लगाउन जाने व्यवस्था गरेकाले कोई प्रहरी विदा नलिई डयुुटिमा खटेको वताएको छ ।

सिमानाका तथा पूर्व पश्चिरम राजमार्ग तथा सहायक राजमार्गहरुमा चेकपोष्ट राखेर सवारी साधन चेक जाँच गर्ने , सवारी साधानले यात्रुुसंग तोकेको भाडा दर लिएका छन वा छैन त्यसवारेमा यात्रुुसंग सोधपुुछ गर्ने व्यवस्था मिलाइएको उनको भनाई छ । सिमाक्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । ठुुलो संख्यामा राजमार्ग,सहरी तथा ग्रामिण क्षेत्रमा प्रहरीले गश्ति वढाएको छ भने जुुवा खेलाउन सक्ने स्थानहरुमा निगरानी वढाएको प्रहरीले जनाएको छ ।

यात्रुुहरुको सहयोगकालागी २५ स्थानमा यात्रुु सहायता कक्ष सञ्चालन ल्याइएको छ । यात्रु नठगिउन भन्नका लागी भाडा दर तोकिएका हुुडिङवोर्ड ठाउँ–ठाउँमा राखिएका छन् ।

त्यैसेगरि मोरङ प्रहरीले दशैमा विराटनगर महानगरमा जनघनत्व बढी हुने र आर्थिक कारोबार पनि बढी हुने भएकोले प्रहरीले विशेष सुरक्षा योजना अपनाएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए । यस पटकको दशैंमा मोरङ प्रहरीले विराटनगरमा ५ सेक्टरमा सुरक्षा दिने रणनीति अपनाएको छ । विराटनगर बाहिर ९ सेक्टरमा सुरक्षा रणनीति तय गरेका गरेको अधिकारीले बताए । प्रहरीले विराटनगरमा पाँच सेक्टरमा विभाजन गरिएको सुरक्षामा गाडी मोबायल, सादा पोशाक, सिआरभी गाडी, पिकेट, पैदल, साईकल गस्ती गर्ने भएको छ ।

विश्व अधिकारी

चहलपहल बढी हुने स्थानमा प्रहरीले विशेष निगरानी गर्ने भएको छ । अप्रिय घटना हुन नदिन वित्तीय संघसस्था, सुनचाँदी र आर्थिक कारोबारा बढी हुने स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५