पूर्वाञ्चल खबर
विराटनगर/ जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा इटहरस्थित इम्पेरियल लन्जमा शुक्रबार साझ हुने मिस र मिसेस कोशीको फाइनलमा १८ जना प्रतियोगिहरू उपाधिका लागि भिड्दैछन् ।
मिस कोशीका ७ र मिसेस कोशीको फाइनलमा पुगेका ११ जना गरि १८ जना उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएकी हुन् ।
पाँचौं संस्करणको मिस कोशीको फाइनलमा इटहरीकी इश्वरी चुङवाङ्ग, धरानीक सुस्मिता मगर, तेह्रथुमकी रेखा कार्की, इनरुवाकी विपना प्रसाई, बेलबारीकी अनु निरौला र धनकुटाकी झरना बराइली र अनिसा मगर पुगेकी छन् । टप टेनमा पुगेका १८ जना प्रतियोगिहरूबाट १० जना फाइनलका लागि प्रतिस्पर्धा गर्ने प्रशिक्षक निशा खतिवडाले जानकारी दिइन् ।
त्यस्तै तेस्रो संस्करणको मिसेस कोशीको फाइनलमा धरानकी सविता ढकाल, विपना लिम्बु, दिपा सेन्चुरी, सुनसरी तरहराकी दिपा लगुन विश्वकर्मा, इटहरीकी अम्बिका कार्की, मोरङ विराटचौककी पूजा सुनवार, केराबारीकी रेनुका लिम्बु, बेलबारीकी पवित्रा रायमाझी, विराटनगरकी वातावरण लामिछाने र सनुरीको झुम्काकी अस्मिता परियार र इश्वरा निरौला रहेकी छिन् ।
मिसेस कोशीको बिजेता नगद ५० हजार रूपैयाँको साथै चाँदीको आकर्षक क्राउन र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
वरिष्ठ कलाकारलाई सम्मान गरिने
जय मिडिया म्यानिजमेन्ट प्रालि पाँचौं वर्षमा प्रवेश गरेको अवसर पारेर नेपाली सिने क्षेत्रका चर्चित तीन जना कलाकारहरूलाई सम्मान गर्ने भएको छ । कलाकारिता क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने कलाकारहरूलाई शुक्रबार भव्य समारोहको बिच सम्मान गरिने भएको हो ।
यसरी सम्मानित हुनेहरूमा कलाकार संघको अध्यक्ष तथा वरिष्ठ कलाकार रविन्द्र खड्का, चर्चित अभिनेताद्धोय शिव श्रेष्ठ र धिरेन शाक्यलाई सम्मान गरिने जय मिडिया म्यानिजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए । कलाकारीतको माध्यमबाट समाजमा पु¥याएको योगदनाको कदर गर्दै वरिष्ठ कलाकारहरूलाई सम्मान गरिने भएको उनले बताए ।