AArya
RUMPUM
animated ellipse animated ellipse

लाहुरेको साथमा विराटनगरमा दशैं धमका

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ आश्विन २०७६, मंगलवार २०:३५
3
Shares

विराटनगर / विराटनगर – ४ कञ्चनबारीस्थित शुभ ब्याङकेट एण्ड रेष्टुरेण्टमा चर्चित कलाकारहरू ल्याएर ‘दशैं धमाका २०७६’ सांगीतिक कार्यक्रम हुने भएको छ ।

आउँदो शुक्रबार साँझ दशै धमाका सांगीतिक कार्यक्रम हुने आयोजक समितिले विराटनरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

सांगीतिक साँझमा युवाहरूका चर्चित गायक आशिष राना (लाहुरे) को प्रस्तुती रहने व्यवस्थापक संयोजक भाइरल इभेन्ट्स एण्ड इन्टरटेन्डमेन्टका किरण जैनले जानकारी दिए । उनका अनुसार चर्चित गायक लाहुरेसँग हुमन आचार्य, सुभम न्यौपाने, द इयर ड्रम ब्यान्डको प्रस्तुती रहनेछ । फूलपातीको अघिल्लो दिन हुने उक्त साँगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको शुभ ब्याङकेट रेष्टुरेण्टका संचालक गोविन्द मान्धरले बताए ।

दशै धमाका सांगीतिक कार्यक्रम गर्न २ लाख ५० हजार रूपैयाँ खर्च हुने उनले जानकारी दिए । कार्यक्रममा ३ सय ६ सय रुपैयाँ टिकट राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर